लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले दुई विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको दशौँ बैठकले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री आचार्यले पेस गरेको विधेयकलाई सभामुख तुलाराम घर्ती मगरले बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यसैगरी मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेका प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पनि लुम्बिनी प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभाको आजको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले किसानलाई रासायनिक मल उपलब्ध गराउन, गत वर्षको आर्थिक दायित्व अविलम्ब भुक्तानी गर्न तथा चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया