भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।
जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । २१ मुखे मुखद्वार एउटा दाना २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । उनले मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको बताए ।
‘ मुखद्वार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’ सचिव कटुवालले भने, ‘मुखद्वार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हाराहारीमा रकम भित्रिन्छ ।’ आठदेखि २९ मुखसम्म भएको दानालाई मुखद्वार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्वार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।
त्यस्तै १३ मुखे पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा दश हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ । विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहनामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रूख मर्ने समस्या देखिएको उनको भनाइ छ ।
विगतमा प्राकृतिक रुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरीय मुखद्वार दाना फल्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमि आएको उनको भनाइ छ ।
उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताए । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ ।
उनले रुद्राक्षलाई राज्यले नगदेबालीको रुपमा राखिदिए थप सहजता हुने बताए । दिङ्ला क्षेत्रमा दुई हजार बढी किसानले व्यवसायी रुपमा रुद्राक्षको खेती गरेको राईले बताए ।
षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ ।















‘Bandit’ attack in central Nigeria kills 20
रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री
Samsung Unveils Galaxy Buds4 Pro: Redefining Premium Wireless Audio with AI-Powered Innovation
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया