फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड बिक्री खुला गर्दै सानिमा क्यापिटल

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाको ४ करोड इकाई बिक्री खुल्ला गर्नेछ । जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो । लगानीकर्ताहरूले कम्पनीको फण्डमा न्यूनतम १ सयदेखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने छन् । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन खुला रहनेछ ।
फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया