प्राविधिक शिक्षमा बढी ध्यान दिऊँ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् ।
मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी तुलसीपुर मेट्रो कलेज/तुलसीपुर बहुप्राविधिक शिक्षालयको सभा हल शिलान्यास गर्दै पोखरेलले जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताए ।
शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए ।
`जागिर खोज्नकै लागि विदेश भए पनि जाने, अहिले विदेश जाने लहर हाम्रो शिक्षा व्यवस्थाको कमजोरी कारण पनि चलेको छ, अब हामीले त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्दछ’, पोखरेलले भने ।
अहिले पनि नेपालमा प्राविधिक शिक्षा प्रतिको लगाव बढ्न नसकेको बताउँदै उनले प्राविधिक जनशक्ति तयार नहुँदासम्म देश नबन्ने बताए । ‘देश बनाउने हो भने प्राविधिक शिक्षामा जोड दिनुपर्दछ, जति प्राविधिक जनशक्ति तयार भयो राष्ट्र निर्माणको यात्रा त्यति प्रभाकारी हुन्छ’, पोखरेलले भने ।
प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक पढ्ने विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिए ।
प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए ।
इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए ।
न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया