मंगलबार, वैशाख १५, २०८३

युक्रेन बिना नै साउदीमा अमेरिका र रूसका बिदेश मन्त्री बिच युद्दबिरामका बारेमा छलफल

मेरोन्यूज २०८१ फागुन ६ गते २०:१३

रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबीच भएको उच्चस्तरीय बैठक सकिएको छ ।

Advertisement
NiccNicc

उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए । उनीहरु दुवै सोमबार राजधानी रियाद पुगेका थिए ।

लाभरोभका साथै  रुसको तर्फबाट पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए भने उता अमेरिकी बिदेशी मन्त्री रुबियोका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि वाशिङटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल रहेको जनाइएको छ ।

यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि, प्रश्न यो छ कि जेलेन्स्की साँच्चै युक्रेनको राष्ट्रपति हुन् ?’ उनले जेलेन्स्कीलाइ मान्यता नदिने संकेत गरेका छन् ।  

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रुस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रुसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने,  ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार हो ।’ तर नाटोजस्ता रक्षा संगठनहरूप्रति रुसको फरक धारणा रहेको उनले जनाए ।

उता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई युक्रेन युद्धमा शान्ति वार्तामा निमन्त्रणा भने गरिएको छैन। युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसी न्यूजले यो कुरा पुष्टि गरेको छ । यसअघि अमेरिकी विशेष दूत किथ केलोगले युक्रेनको संलग्नताबारे कुरा गरेका थिए ।

यो बैठकमा युरोपेली देशका नेताहरुलाई समेत निमन्त्रणा गरिएको थिएन । युरोपलाई वार्ताबाट बाहिर राख्ने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेका थिए, जहाँ युरोपेली देशका नेताहरुको सहभागिता रहेको थियो ।

साउदीमा रूस र अमेरिकाका बिचमा उच्चस्तरीय बार्ता हुने अघिल्लो दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की भने मध्यपुर्वको अर्को देश संयुक्त अरब इमिरेटस पुगेका थिए । तर, उनको भेटबार्ता र छलफलका बारेमा भने कुनै जानकारी दिइएको छैन् ।

प्रतिक्रिया