मंगलबार, वैशाख ८, २०८३

एम्बाप्पेको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियाे

मेरोन्यूज २०८१ फागुन ८ गते ६:४८

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि बुधबार राति भएको दोस्रो लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको छ

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पहिलो लेगमा ३-२ ले जित हात पारेको रियल एग्रिगेटमा ६-३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो । बुधवार भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।

बुधवार म्याड्रिडको घरेलु मैदानमा खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका फ्रान्सेली स्टार एम्बाप्पेले ३३ औँ मिनेटमा अर्को गोल गरे भने खेलको ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। सिटीका लागि इन्जुरी समयमा निको गोन्जालेजले एक गोल फर्काए।

प्रतिक्रिया