दिल्लीको मुख्यमन्त्रीमा शपथ लिँदै रेखा गुप्ता
मेरोन्यूज
२०८१ फागुन ८ गते ११:१३

काठमाडौं । भारतको दिल्लीमा भाजपाकी सांसद रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्।
गुप्ताले बिहीबार नयाँ मुख्यमन्त्रीको शपथ लिन लागेकी हुन् । उनीसँगै ६ जना मन्त्रीले शपथ लिनेछन् । मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका प्रवेश बर्मा उपमुख्यमन्त्री बन्ने भएका छन् ।
भारतीय जनता पार्टीले बुधबार गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । हालै भएको विधान सभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो। तर, भाजपाबाट कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन।
पहिलोपटक विधान सभा सदस्यमा निर्वाचित भएकी गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्। दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।
सम्बन्धित











कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया