पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित
मेरोन्यूज
२०८१ फागुन ८ गते १४:४४

गण्डकी । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् ।
पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् ।
सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् ।
पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया