ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

अमरगढी (डडेल्धुरा)। यहाँको अजयमेरू गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरूकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्त्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।
उत्खननका लागि गाउँपालिकाले ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्त्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ । अजयमेरूकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्वविद् भाष्कर ज्ञवालीले बताए । पहिलोपटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनले बताए ।
अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उनले भने, ‘अजयमेरूकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदीपूर्वका देवलभन्दा फरक छ ।’
उत्खननमा प्राप्त विवरणअनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन् । अजयमेरूकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्त्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए ।

















यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया