दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन् शपथ
मेरोन्यूज
२०८१ फागुन ८ गते १५:३१

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री रेखा गुप्तासँगै एलजीले प्रवेश वर्मा, मन्जिंदर सिंह सिरसा, रवीन्द्र इन्दराज सिंह, आशिष सुद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्री पदको शपथ खाएका छन्।
बुधबार बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
सम्बन्धित











बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
प्रतिक्रिया