रास्वपाको राजनीतिक प्रशिक्षण आजदेखि
मेरोन्यूज
२०८१ फागुन ९ गते १७:२८

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पारेका थिए ।
उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताए ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया