प्रकाशमान भन्छन्- आन्तरिक व्यवस्थापन हुन नसक्दा पार्टी कमजोर देखियो

जनकपुर । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन् । शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे यस्तो धारणा राखेका हुन ।
उनले कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो ।’
उनले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताए । उनले भने,‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं, समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी संगठनलाई अघि बढाऊँ ।’
कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुट र उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा भने सिंहले चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए। आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनताको चाहनाअनुसार नै अहिलेको सरकारले काम गरिरहेको पनि उनले बताए। राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको सिंहले प्रष्ट पारे ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया