‘धरान रन’को उपाधि केन्याली धावकलाई

सुनसरी । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । शनिबार (आज) सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।
दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरे भने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।
धावकद्वयलाई नगद रु।६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद रु।४० हजार पुरस्कार प्रदान गरिएको छ ।
धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरूलाई नगद रु।३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया