बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा

मनहरी (मकवानपुर)। बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र क्लब प्रवेश गरेको छ । आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३७औँ मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियमले पहिलो गोल गरेका हुन् । त्यस्तै, ४२औँ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका शिशिर लेखीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । मच्छिन्द्रका समीरराज थोकरले दोस्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै अग्रता कायम राखेसँगै खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल थप्दै ३–१ अन्तरमा थ्री स्टार पराजित गरेका हुन् ।
आजको खेलमा मच्छिन्द्रका कप्तान देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भएका छन् । उनलाई गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले नगद रु १० हजार प्रदान गर्नुभएको थियो । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज युनाइटेड विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।
टोली सशस्त्र प्रहरी बलको एपिएफलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल यही फागुन १२ गते दिउँसो २ बजे चर्च ब्वाइज र मच्छिन्द्र क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।
साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार र साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया