नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग

काठमाडौँ । गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् । पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको उनले बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,
’नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन। हुनेखानेले मात्रै बाँच्न पाउँछन्, हुँदा खानेहरू उपचार नपाएरै मर्नुपर्छ। तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौँ। अरूको दुःख देख्न सक्दैनौ।
त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौँ। तर पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको छ।
यस्तो घृणित कर्म गर्नेहरूदेखि चैँ साँच्चीकै चित्त दुख्ने रहेछ। यस्ता ठगहरूको कारण वास्तविक पीडितले सहयोग पाउँदैनन्, उनीहरूको बाँच्ने आधार नै रहदैन। कृपया सहयोगीदाताहरू कलाकारिताका नाममा, सामाजिक अभियन्ताका नाममा वा फेमिनिस्टका नाममा चलाउने यस्ता अभियानहरू राम्रोसँग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै ‘फेक’ बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरूलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।’

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया