नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग

काठमाडौँ । गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् । पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको उनले बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,
’नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन। हुनेखानेले मात्रै बाँच्न पाउँछन्, हुँदा खानेहरू उपचार नपाएरै मर्नुपर्छ। तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौँ। अरूको दुःख देख्न सक्दैनौ।
त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौँ। तर पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ मा पारि ठग्नेहरूको पर्दाफास भएको छ।
यस्तो घृणित कर्म गर्नेहरूदेखि चैँ साँच्चीकै चित्त दुख्ने रहेछ। यस्ता ठगहरूको कारण वास्तविक पीडितले सहयोग पाउँदैनन्, उनीहरूको बाँच्ने आधार नै रहदैन। कृपया सहयोगीदाताहरू कलाकारिताका नाममा, सामाजिक अभियन्ताका नाममा वा फेमिनिस्टका नाममा चलाउने यस्ता अभियानहरू राम्रोसँग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै ‘फेक’ बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरूलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।’










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया