मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।
ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो भने यहाँ हुने हिंसात्मक गतिविधिका कारण यसलाई मेक्सिकोको एक हिंस्रक राज्य पनि मानिन्छ ।
सन् २०२३ मा बन्दुकधारीले जल उद्यानमा आक्रमण गरी एक बालकसहित सात जनाको हत्या गरेको थियो ।
नेसनल गार्डले आइतबार ग्वानाजुआटोमा सान्टा रोजा डे लिमा कार्टेलका लागि आक्रमणको नेतृत्व गरेको पहिचान गरिएको भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ग्वानाजुआटोमा भएको हिंसालाई ‘सान्टा रोजा डे लिमा’ गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्येको एक ‘जालिस्को न्यू जेनेरेसन कार्टेल’बीच चलिरहेको द्वन्द्वसँग जोडिएको छ।
मेक्सिकोमा सन् २००६ मा मानव बेचबिखन नियन्त्रणका लागि सेना परिचालन गरेयता लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया