मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।
ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो भने यहाँ हुने हिंसात्मक गतिविधिका कारण यसलाई मेक्सिकोको एक हिंस्रक राज्य पनि मानिन्छ ।
सन् २०२३ मा बन्दुकधारीले जल उद्यानमा आक्रमण गरी एक बालकसहित सात जनाको हत्या गरेको थियो ।
नेसनल गार्डले आइतबार ग्वानाजुआटोमा सान्टा रोजा डे लिमा कार्टेलका लागि आक्रमणको नेतृत्व गरेको पहिचान गरिएको भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ग्वानाजुआटोमा भएको हिंसालाई ‘सान्टा रोजा डे लिमा’ गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्येको एक ‘जालिस्को न्यू जेनेरेसन कार्टेल’बीच चलिरहेको द्वन्द्वसँग जोडिएको छ।
मेक्सिकोमा सन् २००६ मा मानव बेचबिखन नियन्त्रणका लागि सेना परिचालन गरेयता लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।
















इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया