भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
मेरोन्यूज
२०८१ फागुन १४ गते १९:२१

झापा । झापा-११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा-११ ले अब उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्ससँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।
भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछिको इन्ज्युरी समयमा झापा-११ ले ३–१ ले बाजी मारेको हो ।
झापाको जितमा एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगरले गोल गरे । भुटानका लागि सुरज रसाइलीले सान्त्वना गोल फर्काए ।
प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सम्बन्धित















बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया