भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
मेरोन्यूज
२०८१ फागुन १४ गते १९:२१

झापा । झापा-११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा-११ ले अब उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्ससँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।
भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछिको इन्ज्युरी समयमा झापा-११ ले ३–१ ले बाजी मारेको हो ।
झापाको जितमा एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगरले गोल गरे । भुटानका लागि सुरज रसाइलीले सान्त्वना गोल फर्काए ।
प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सम्बन्धित
















वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया