बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
मेरोन्यूज
२०८१ फागुन १४ गते २१:४८

गोरखा। बाटो खन्ने क्रममा ढुङ्गा खसेर अजिरकोट गाउँपालिका–१ स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ।
बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो।
कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो। चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो।
सम्बन्धित
















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया