अफगानिस्तानसँग हारेसँगै इङल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

काठमाडौँ । अफगानिस्तानले इङल्याण्डलाई पराजित गरेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ८ रनले पराजित गरको हो ।
अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङल्याण्डले ४९.५ ओभरमा अल आउट हदै ३१७ रन मात्र बनाए पछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो ।
इङल्याण्डका लागि जो रुटले सर्बाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८-३८ रन बनाएका थिए । त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्बाधिक ५ विकेट लिएका थिए भने मोहमद नविले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।
त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।
यो हारसँगै इङल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । त्यस्तै अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया