विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताए ।
उनले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिए । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गरे ।
होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनीको मुख्यमन्त्री लामाले अवलोकन गरेका थिए ।
वार्षिक उत्सवको अवसरमामा उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको थियो । हाल यस विद्यालयमा एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया