भोलिदेखि नेमकिपाको महाधिवेशन, विजुक्छें नै होला त अध्यक्ष ?

भक्तपुर । भोलि शुक्रबारदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन १६, १७, १८ र १९ गते हुने महाधिवेशनको उदघाटन फागुन १६ गते शुक्रबार दिउँंसो १ बजे सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला चौरमा हुने जनाइएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताए । महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि पर्यवेक्षकहरु बिहीबार नै भक्तपुर पुगिसकेको उनले जनाए । आउने क्रम अझ जारी रहेको पार्टीले जनाएको छ ।
उदघाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँंच ठाउँंहरुबाट छुटाछुटै जलुश गरी सल्लाघारी उदघाटनस्थलमा पुग्ने जनाइएको छ । विहान १० बजे भेला भई बाजागाजाका साथ रयालीसहित उदघाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँंसो १ बजे पुग्ने जनाइएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा भक्तपुरका विभिन्न ठाउँंहरुमा सकुण्डा रयाली निकालिएको छ । पार्टी र पार्टी निकटका जनवर्गीय संगठनहरुले छुटाछुटै रुपमा टोलटोलमा महाधिवेशनको प्रचारप्रसारका लागि रयाली निकालेका हुन् ।
पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो ।
सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।
सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए ।
कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ रही आएका छन् । ८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् ।
पार्टीको स्थापना २०३१ माघ १० मा भएको थियो । त्यसपछि प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो । आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ भक्तपुर हुने भएको हो ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया