‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताएका छन्।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तर गुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उनले संस्कृतिको मूल संस्कृत भाषा भएको बताए। मूललाई नाश गरेपछि त्यसको शाखाका रुपमा रहेको मौलिक संस्कृतिमाथि पनि निरन्तर आक्रमण भइरहेको उपकुलपति नेपालले सुनाए।
विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाएपछि विद्यार्थी कम हुन थालेको उल्लेख गर्दै उनले गुरुकूललाई प्रवर्द्धन गरेर जाने नीतिमा विश्वविद्यालय लागेको जानकारी गराए।
संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्डजस्ता विषयलाई प्रवर्द्धन गर्ने नीति रहेको जानकारी पनि कार्यक्रममा उनले गराए।
प्रतियोगितामा संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विजय तिमल्सिना पहिलो, सोही विद्यालयका हेमन्त भट्ट दोस्रो, कान्तिभैरव गुरुकुल गोकर्णका नवीन रेग्मी तेस्रो, नैमिषारण्य गुरुकुल बनेपा, काभ्रेपलाञ्चोकका प्रणव ढुङ्गेल र जगद्गुरु गुरुकूल शङ्खमूलका आशीष रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार, तेस्रोलाई रु पाँच हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु तीनरतीन हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया