नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् ।
त्यसैगरी, उपाध्यक्षमा प्रदेश नं. १ बाट अधिवक्ता दर्शनबहादुर राई (दर्शन कर्ण), मधेश प्रदेशबाट अधिवक्ता मन्सुर मिया, कर्णालीबाट वरिष्ठ अधिवक्ता बिद्याभूषण मानन्धर, बागमतीबाट अधिवक्ता गुणराज घिमिरे, अधिवक्ता कृष्ण ढुंगाना, वरिष्ठ अधिवक्ता भीमबहादुर गुरुङ, गण्डकी प्रदेशबाट केशव प्रसाद पराजुली, सुदुरपश्चिमबाट अधिवक्ता निरन्जन विष्ट,अधिवक्ता यज्ञराज जोशीले दाबी गरेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यमा अधिवक्ता गोपी भण्डारी, अधिवक्ता उमेश प्रसाद साह, अधिवक्ता मन कुमार राइ, अधिवक्ता राधेश्याम चौधरी, अधिवक्ता सुलोचना बज्रचार्य, अधिवक्ता बिकास त्वजु, अधिवक्ता बिरेन्द्र खडका, अधिवक्ता भविश्वर पौडेल र अधिवक्ता प्रेमबहादुर थोकरले दाबी गरेका छन् ।
नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । आरपीएलएएनले चुनावमा वामपन्थीहरुसँग सहकार्यको ढोका भने खुला रहेको बताएको छ ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया