च्याम्पियन्स ट्रफीमा आज दक्षिण अफ्रिका र इङल्याण्ड खेल्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल हुदै छ ।
पाकिस्तानको कराचीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
जारी च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ । इङल्याण्ड यस अघिका आफ्ना अस्ट्रेलिया र अफगानिस्तानसँगका खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
त्यस्तै दक्षिण अफ्रिकाको भने २ खेलमा ३ अंक रहेको छ र अहिले समुह बी मा दोस्रो स्थानमा छ । यो खेलमा जित हासिल गरेमा वा बर्षाले प्रभावित गरेको खण्डमा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने छ । साथै इङल्याण्डसँग हार बेहोरे पनि दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । अफगानिस्तानसँग समान ३-३ अंक रहेपनि दक्षिण अफ्रिकाको रनरेट २.१४० रहेको छ भने अफगानिस्तानको -०.३०५ रहेको छ ।
त्यस्तै हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म ७० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ३४ खेल जितेको छ भने इङल्याण्डले ३० खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया