च्याम्पियन्स ट्रफीमा आज दक्षिण अफ्रिका र इङल्याण्ड खेल्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल हुदै छ ।
पाकिस्तानको कराचीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
जारी च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ । इङल्याण्ड यस अघिका आफ्ना अस्ट्रेलिया र अफगानिस्तानसँगका खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो ।
त्यस्तै दक्षिण अफ्रिकाको भने २ खेलमा ३ अंक रहेको छ र अहिले समुह बी मा दोस्रो स्थानमा छ । यो खेलमा जित हासिल गरेमा वा बर्षाले प्रभावित गरेको खण्डमा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने छ । साथै इङल्याण्डसँग हार बेहोरे पनि दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । अफगानिस्तानसँग समान ३-३ अंक रहेपनि दक्षिण अफ्रिकाको रनरेट २.१४० रहेको छ भने अफगानिस्तानको -०.३०५ रहेको छ ।
त्यस्तै हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म ७० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ३४ खेल जितेको छ भने इङल्याण्डले ३० खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया