लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैनः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् ।
शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले सामुहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए । समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको बताए । उनले लागुऔषध कारोबार तथा दुव्र्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रश्तुत हुन निर्देशन दिए ।
विश्वमा करिव ३० करोड र एशियामा मात्रै करिव ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरु रहेको बताए । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको बताए । लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको बताए ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया