चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ। सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
यसका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। त्यस अवसरमा उत्कृष्ट चौँरी पालकलाई पुरस्कृत गरिने छ ।
गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार स्वरूप आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरीपालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए। चौँरी पालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दूधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याक पालन गर्ने गर्छन् । एउटा याक एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया