स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा

काठमाडौं । एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लने क्रममा एट्लेटिको म्याड्रिडले शनिबार राति एथलेटिक क्लबलाई १-० ले हराएको हो।
पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडलाई जित दिलाउने क्रममा जुलियन अल्भारेजले सिजनको व्यक्तिगत १० औँ गोल गरे। उनले खेलको ६६ औँ मिनेटमा मार्कोस लोरेन्टेले उपलब्ध गराएको बललाई शानदार ढङ्गले गोलमा परिणत गरेका थिए।एट्लेटिको जित सहित शीर्ष स्थानमा उक्लनु केही समय अघि रियल म्याड्रिडले हारको सामना गरेको थियो। स्पेनिस ला लिगाका अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २-२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १-१ को बराबरी खेले।
शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया