सोमबार, चैत ३०, २०८२

ढाला परिवर्तन गर्ने टिपरमाथि उपत्यका ट्राफिक प्रहरीले थाल्यो कारवाही

मेरोन्यूज २०८१ फागुन २० गते १३:२३

काठमाडौँ । स्वरूप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारवाही सुरु गरेको हो ।१८ फागुनको रातिबाट कारवाही सुरु गरेको प्रहरीले एकै दिनमा ४२ वटा टिपरलाई नियन्त्रणमा लिएर कारवाही थालिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ढाला थपघट गरी स्वरूप परिवर्तन गरिएका २७ वटा, ओभरलोड बोकेका १० वटा र कागजपत्र नभएका ५ वटा टिपरलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा रहेका टिपरकाहरुको ढाला हटाउने र ओभरलोड मिलान गरी कारबाही गरेर मात्रै छाड्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया