न्यूनतम पारिश्रमिक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूनतम पारिश्रमिक नदिने संस्थाहरू कारबाहीको दायरामा आउने बताएका छन्।
मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए।
प्रधानमन्त्री ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्यूनतम पारिश्रमिक नपाएको गुनासो सुनेको बताए।
‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ। अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु, हो कि होइन मैले अध्ययन गर्नुपर्छ। खुद नर्सहरुले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन्। यस्तो सुनेको छु,’ उनले भने,’न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कतै पनि पाइँदैन। यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ।’








ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया