नारायणमान विजुक्छे मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन
मेरोन्यूज
२०८१ फागुन २० गते १९:२६

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् ।
जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।
पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।
८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया