अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं ।आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ४५, केएल राहुल ४२ रनको योगदान दिए ।अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिँदा बेन ड्वारसुइस र कूपर कोनोलीको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । उनका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । त्यस्तै एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ र मार्नस लबुशेनले २९ रनको योगदान गरे ।
भारतका लागि मोहम्मद शामीले तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई दुई विकेट लिँदा हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा एक एक विकेट रह्यो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया