अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

काठमाडौँ । भारतीय क्रिकेटर र बलिवुड अभिनेत्रीहरुको अफ्यर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्ला केहिदिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ ।
सामाजिक सञ्जालमा अभिनेत्री माहिरा शर्मा र क्रिकेटर मोहम्मद सिराज केवल साथी मात्र होइनन् भन्ने हल्ला चलिरहेको छ । रिपोर्ट अनुसार दुवै जना एकअर्कालाई डेट गरिरहेका छन् ।
वास्तवमा, सिराजले हालै माहिराको इन्स्टाग्राम पोस्टलाई लाइक गरेपछि डेटिङको हल्ला फैलिएको थियो र दुवैले प्लेटफर्ममा एकअर्कालाई फलो गर्न पनि थालेका थिए । तर माहिराले भने यो हल्लाबारे आफ्नो मौनता तोड्दै आफुले कसैसँग डेट नगरेको बताएकी छन् । माहिराले एक अन्तर्वार्तामा आफ्नो ध्यान काममा केन्द्रित रहेको बताएकी थिइन् । यसअघि माहिराकी आमा सानिया शर्माले आफ्नी छोरीसँग सम्बन्धित यी समाचारहरू गलत भएको भन्दै खण्डन गरेकी थिइन् ।
क्रिकेटर सिराज हाल भारतको राष्ट्रिय टिम बाहिर रहेको र आउदै गरेको आइपिएलको तयारीमा व्यस्त रहेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरबाट आइपिएल खेलिरहेका सिराज यस सिजनमा गुजरात टाइटन्सबाट खेल्दै छन् । सिराजलाई गुजरातले मेगा अक्सनमा १२.२५ करोडमा किनेको थियो ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया