बिहीबार, फागुन २८, २०८२

सरकारलाई रास्वपाको चेतावनी- खबरदार ! एउटा कुलमानलाई लखेटे हजारौं कुलमान लिएर आउँछौं

मेरोन्यूज २०८१ फागुन २१ गते १४:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेलाई मूल्याकंन जिरोमा गर्छौं,’ झाले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’

उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’

प्रतिक्रिया