न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन् । त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २-२ विकेट लिएका थिए ।
यस अघि न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै ३६२ रन बनाएको थियो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजील्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए । यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९-४९ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।
अब न्यूजील्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया