न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ । न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन् । त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २-२ विकेट लिएका थिए ।
यस अघि न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै ३६२ रन बनाएको थियो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजील्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए । यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९-४९ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।
अब न्यूजील्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया