कुलमान कानुनभन्दा माथि छैनन् मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।
उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने समेत बताए । मन्त्री खड्काले भारतसँग विद्युत बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए ।
मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मुल्यांकनमा शुन्य अंक दिइएको विषयमा जानकारी दिदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे ।
उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भएपनि कुलमानले समयमा नबुझाएको बताए ।
उनले भने- ‘एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९.७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो ।’ खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताउए । साथै मन्त्री खड्काले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी सांसदहरुलाई कटाक्ष समेत गरेका थिए । खड्काले भने- ‘कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्यो ।’
साथै मन्त्री खड्काले आफुलाई नटेरेको बताउदै भने- ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन ।’
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया