दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।
मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लवले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पुलिस क्लबले वीरगञ्ज गोल्डकपमा पहिलो संस्करणमा जस्तै उत्कृष्ट खेल खेल्दै उपाधि उचाल्ने दावी गरे ।
मच्छिन्द्र क्लवका कप्तान विशाल श्रेष्ठले पनि पछिल्ला दुई प्रतियोगिताको लगातार उपाधि मच्छिन्द्र क्लबले जितेकाले पनि वीरगञ्ज गोल्डकप पनि आफ्नो टिमले जित्ने गरी खेल पस्किने जानकारी दिए ।
शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको बिजेताले रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया