शुक्रबार, फागुन २९, २०८२

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

मेरोन्यूज २०८१ फागुन २३ गते २१:२३

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१००– अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/११ गते देखि मिति २०८१/११/१५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। 

उक्त अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत कुल १८,१७,१४८ जना आवेदकहरूबाट २,२४,४६,३५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र सो मध्ये १०,३८६ जना आवेदकबाट १,७१,९६० कित्ता शेयरका लागि रीतपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरू रद्द गरि जम्मा १८,०६,७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत आज मिति २०८१/११/२३ गते बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेडको कूल २२,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई, ३ प्रतिशत अर्थात ६७,५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

प्रतिक्रिया