एमाले नेता माधव ढुंगेलले भने, ‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासवाट घोक्रेठयाक लगाउनु नपरोस्’

काठमाडौं । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिए ।
‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, उनले भनेका छन ।
ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ, पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सन आग्रह गरेका छन ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया