न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो तेस्रो उपाधि हो ।
न्युजिल्याण्डले दिएको २५१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतलाई जित दिलाउन रोहित शर्माले ७६ रनको योगदान दिए । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।यस्तै, श्रेयर अय्यरले ४८, शुभमन गिलले ३१, केएल राहुलले अविजित ३४, अक्षर पटेलले २९, हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।
बलिङतर्फ न्युजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले दुई–दुई तथा रचिन रविन्द्र र काइली जेमिनसनले एक–एक विकेट लिए ।
त्यसअघि दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोड्यो ।
उसका लागि डेरिल मिचेलले ६३, माइकल ब्रेसवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ तथा टम लाथमले १४ रन जोडे ।
बलिङतर्फ भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले दुई–दुई तथा रविन्द्र जडेजा र मोहम्मद शामीले एक–एक विकेट लिए ।
रोहित शर्माको कप्तानको रूपमा ९ महिनामा यो दोस्रो आईसीसी उपाधि हो । उनको कप्तानीमा भारतले गत वर्ष जुन २९ मा टी–२० विश्वकप पनि जितेको थियो ।
भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफी जित्न सफल भयो । यसअघि २०१२ मा भारतले उपाधि उचालेको थियो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया