न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतले जितेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो तेस्रो उपाधि हो ।
न्युजिल्याण्डले दिएको २५१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । भारतलाई जित दिलाउन रोहित शर्माले ७६ रनको योगदान दिए । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।यस्तै, श्रेयर अय्यरले ४८, शुभमन गिलले ३१, केएल राहुलले अविजित ३४, अक्षर पटेलले २९, हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए । रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।
बलिङतर्फ न्युजिल्याण्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले दुई–दुई तथा रचिन रविन्द्र र काइली जेमिनसनले एक–एक विकेट लिए ।
त्यसअघि दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोड्यो ।
उसका लागि डेरिल मिचेलले ६३, माइकल ब्रेसवेलले अविजित ५३, रचिन रविन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, विल योङले १५ तथा टम लाथमले १४ रन जोडे ।
बलिङतर्फ भारतका कुलदीप यादव र वरुण चक्रवर्तीले दुई–दुई तथा रविन्द्र जडेजा र मोहम्मद शामीले एक–एक विकेट लिए ।
रोहित शर्माको कप्तानको रूपमा ९ महिनामा यो दोस्रो आईसीसी उपाधि हो । उनको कप्तानीमा भारतले गत वर्ष जुन २९ मा टी–२० विश्वकप पनि जितेको थियो ।
भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफी जित्न सफल भयो । यसअघि २०१२ मा भारतले उपाधि उचालेको थियो ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया