परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
मेरोन्यूज
२०८१ फागुन २६ गते १४:४६

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बाबा वैद्यनाथ धामको धार्मिक भ्रमणका लागि सोमबार भारततर्फ प्रस्थान गरेकी छन्।
भारतर्फ प्रस्थान गरेकी आरजुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगमा पनि सहभागी हुनेछिन्। उनले उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सगरमाथा संवादका लागि सहभागी हुन निमन्त्रणा पनि दिने बुझिएको छ।
रायसिना डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरू पनि सहभागी हुने परराष्ट्रले जानकारी दिएको छ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया