स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।
आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत आज उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ-संगठनबिचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।
क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका संघ-संगठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।
उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित भएका छन् ।
उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसंघ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्वत निर्वाचित भए ।
यसैगरी सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसंघबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिए ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया