कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
मेरोन्यूज
२०८१ फागुन २७ गते १६:१९

काठमाडौँ । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।
मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।
कोशी प्रदेशको ब्याटिंग लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रुपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् ।
यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।
मधेशका लागि पवन सराफले सर्बाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए ।
यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया