सिञ्जामा सञ्चालित स्वास्थ शिविरमा २७३ जना लाभान्वित

जुम्ला । सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट २७३ जना लाभान्वित भएका छन् । वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो नि:शुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।
महिलाको पाठेघर परीक्षण १४४, रिङ पे्रसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेसन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया