सिञ्जामा सञ्चालित स्वास्थ शिविरमा २७३ जना लाभान्वित

जुम्ला । सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट २७३ जना लाभान्वित भएका छन् । वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो नि:शुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।
महिलाको पाठेघर परीक्षण १४४, रिङ पे्रसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेसन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।














सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया