अक्षर पटेल बने दिल्ली क्यापिटल्सको कप्तान

काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । २०१९ देखि यस फ्रान्चाइजीको हिस्सा रहेका पटेल दिल्लीको कप्तान बनेका हुन् । यसअघि केएल राहुललाई कप्तानी बनाउने चर्चा चलेपनि दिल्लीले अक्षरलाई कप्तानीको जिम्मेवारी दिएको छ ।
भारतीय राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य रहेका अक्षर अब अहिलेसम्म आईपीएलको नजितेको दिल्लीलाई उपाधि जिताउने जिम्मेवारी हुने छ ।
दिल्ली फ्रान्चाइजीले यस आईपीएलको लागि टोलीमा ठूलो परिवर्तन गरेको थियो र लामो समयदेखि टोलीमा रहेका पन्तलाई रिलिज गरेको थियो । खेलाडीहरूको मेगा लिलामीमा पन्त २७ करोड रुपैयाँमा बेचिए र लखनऊले उनलाई किन्यो । दिल्लीले केएल राहुललाई १४ करोडमा किनेको थियो ।
अक्षरसँग टी-२० मा कप्तानी गरेको लामो अनुभव छ । उनले २०१८ देखि २०२४ सम्म १६ टी-२० खेलमा बडोदा टोलीको कप्तानी गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ । यसबाहेक, उनले १२ मे २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलेको खेलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए, तर दिल्लीले त्यो खेल ४७ रनले हारेको थियो । दिल्लीले अक्षरलाई २०२५ को आईपीएलको लागि १६.५० करोड रुपैयाँमा रिटेन गरेको थियो ।
दिल्ली क्यापिटल्सले यस सिजनको मार्च २४ मा विशाखापट्टनममा लखनऊ सुपरजायन्ट्सविरुद्ध खेल्दै सुरु गर्नेछ ।











कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया