सोमबार, वैशाख १४, २०८३

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो शक्ति प्रदर्शन गर्दै

मेरोन्यूज २०८१ चैत २ गते १६:४६

सन् २०१९ देखि २०२३ सम्म ब्राजिलको नेतृत्व गरेका ६९ वर्षीय बोल्सोनारोले रियोको प्रसिद्ध कोपाकाबाना समुद्र तटमा शक्ति प्रदर्शन गर्न आफ्ना लाखौँ समर्थकलाई आह्वान गरेका हुन् ।

Advertisement
NiccNicc

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, “ब्राजिल र विश्वलाई एउटा सन्देश दिऔँ ।”

सन् २०२३ जनवरी ८ मा राजधानी ब्रासिलियामा बोल्सोनारो समर्थकहरूले राष्ट्रपति भवन, संसद् र सर्वोच्च अदालतमा आक्रमण गरेपछि भएको दङ्गामा दोषी ठहरिएका सयौं दोषीहरूलाई आममाफीको माग गर्नु र्‍यालीको घोषित उद्देश्य हो।

सन् २०२२ को अक्टोबरमा भएको निर्वाचनमा बोल्सोनारोलाई पराजित गरेका र दङ्गा भएको एक हप्ताअघि मात्र सपथ लिएका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हटाउन सन् २०२३ जनवरी ८ मा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले सेनासँग माग गरेका थिए ।

बोल्सोनारोका सहयोगी डोनाल्ड ट्रम्पका समर्थकहरूले करिब दुई वर्षअघि वासिङ्टनस्थित अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणको झल्को दिने प्रदर्शनको आह्वान गरेका थिए । पूर्व राष्ट्रपतिबोल्सोनारोले आफू अमेरिकामा रहँदा भएको ‘लुटपाट र आक्रमण’को निन्दा गर्दै प्रदर्शनको अह्वान गरेका थिए भने अभियोजनकर्ताले यो दङ्गा तत्कालीन पूर्व राष्ट्रपतिले लुलालाई अपदस्थ गरेर सत्तामा फर्कन रचेको आपराधिक षडयन्त्रको हिस्सा भएको विश्वास गरेका छन्।

यही मार्च २५ मा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण छ कि छैन भनेर सुनुवाई गर्नेछ।

प्रतिक्रिया