मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गरे । ऐतिहासिक जुट मिल खेलमैदानमा आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा क्लबको सहभागिता रहेको ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।
प्रतियोगितामा प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरी, फ्युजन फुटबल क्लब गाईघाट उदयपुर, वाइएससी खोख झिल कटिहार विहार भारत, टिएमसी तालतैलैया इटहरी सुनसरी, पेमा स्पोटिङ क्लब विराटनगर, प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगर, लालीगुँरास स्पोटिङ क्लब रानी मिल्स विराटनगर र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।
प्रतियोगिताका विजेताले रु एक लाख एक हजार, उपविजेताले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो ।
आजको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब उदयपुर गाईघाटले प्रोग्रेसिल युवा क्लब फत्तेपुर सप्तरीलाई १–० पराजित गरेको छ । सोमबारको खेल पेमा स्पोटिङ क्लब विराटनगर र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी चैत १० गतेसम्म सञ्चालन हुनेछ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया