अमेरिकाको टेक्सासमा डढेलोका कारण ५ सय हेक्टर वन क्षेत्र नष्ट

एजेन्सी । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।
एबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएका छन् । कम्तिमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ ।
हेलिकप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ ।
यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी ग¥यो, जसले जगलको डढेलोको उच्च जोखिमलाई सङ्केत गर्छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया