ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज, यी देश प्रभावित

वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आउँदो वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले सन् २०२२ अक्टोबरमा सुरु गरेको एक योजनाअन्तर्गत अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई प्रभावित गर्नेछ ।
अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन् । यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीले अप्रिल २४ सम्ममा संयुक्त राज्य अमेरिका छोड्नुपर्छ, जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन् ।
अमेरिकामा शरण लिन चाहनेलाई समर्थन गर्ने गैरनाफामूलक संस्था वेलकम डट यूएसले यो कदमबाट प्रभावित भएकालाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ ।
मानवअधिकारको गम्भीर अभिलेख भएका ती चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका निम्ति अमेरिका प्रवेशको अनुमति दिइएको थियो ।
बाइडेनले उक्त योजनालाई अमेरिका र मेक्सिकोको भीडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाका रूपमा व्याख्या गरेका थिए । गृह मन्त्रालयले शुक्रबार यो योजना ‘अस्थायी’ भएको जनाएको छ ।
आदेशमा भनिएको छ, “प्यारोल स्वाभाविक रूपमा अस्थायी हो र प्यारोल मात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्नका निम्ति अन्तर्निहित आधार होइन, न त यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो ।”
क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार, यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ ।
“यसका निम्ति केवल ७५ हजार शरण आवेदनहरू कानुनी रूपमा दायर गरिएको थियो । त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासनका निम्ति योग्य ठहर गर्नेछ,” उनले एक्समा पोस्ट गरेका छन् ।
ट्रम्पले गएको साता भेनेजुएलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानुन लागु गरेका थिए ।
तेलको धनी भेनेजुएलाको अर्थतन्त्र धराशायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुएलावासीले आफ्नो देश छाडेका छन् ।
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया