आइतबार, चैत १, २०८२

आज चैत्र ११ गते सोमवार , दिन कस्ताे रहला ? हेरौं राशिफल

मेरोन्यूज २०८१ चैत १० गते ६:०९

बि.सं २०८१ चैत ११ गते सोमवार,, ई.सं २०२५ मार्च २४, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण पक्ष  दशमी तिथि,

Advertisement
nepal life insurencenepal life insurence

 आज नेपालमा सूर्याेदय बिहान ०६: ०६ बजे, सूर्यास्त साँझ ०६: १८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आत्मविश्वासको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कार्यक्षेत्रमा गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा दोधारु भएर निर्णय नलिनुहोस्। सहयोगीहरूको साथमा पुरानो कुरालाई लिएर वादविवाद बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कार्यक्षेत्रमा संघर्षको उचित मूल्याङ्कन नमिल्ला। दाम्पत्य जीवनमा तालमेलको कमीले कार्यमा बाधा आउनेछ। घरपरिवारमा पाउनाको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नोकरी वा पेशामा नयाँ योजनाहरू बनाउन मित्रहरूको सहयोग मिल्नेछ। आफन्तहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। जोखिमको कार्यबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

व्यापार व्यवसायमा अरूको माध्यमबाट सलाह लिनु भन्दा अघि आफूले सोच विचार गरेर कार्य गर्नुहोस्। राजकिय मामलाहरू सुल्झिनेछन्। सन्तान को प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। शुभचिन्तकको सोचेजस्तो साथ नमिल्नाले सामाजिक जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

नयाँ कामको रूपरेखा बन्नेछ। जीवन साथीको स्वास्थ्यलाइ लिएर चिन्ता रहनेछ। विरोधीहरूले विरोध गर्दा पनि नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भौतिक सुख सुविधामा धन खर्च हुनेछ। विवादास्पद मामलाहरू आपसी वातचितमा सुल्झिनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रिर्यान्वित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चलिरहेको कार्यमा बाधा आउनेछ। पारिवारिक जिम्मेदारी बढ्न्नाले व्यस्तता अलि धेरै रहला। अधिकारीहरूबाट उपयुक्त आश्वासन मिल्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।|

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कार्यक्षेत्रमा चलिरहेको विवाद समाप्त हुनाले मन प्रसन्न रहनेछ। लेनदेनका मामलाहरू सुल्झिनेछन्। विद्यार्थी वर्गलाई उच्च अध्ययनमा सफलता मिल्नेछ।आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कार्यक्षेत्रमा शत्रुहरूबाट पनि सहयोग मिल्नेछ। लाभका नयाँ अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। पिताद्वारा सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।facebook sharing button

प्रतिक्रिया