एन्फाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी १६ एजेन्डामा छलफल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैछ ।
एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुदैँछ ।
बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । गत १० माघमै आठ केन्द्रिय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । जाे अहिले बाेलाइएकाे हाे ।
यस्ता छन् बैठकका एजेन्डा
१.नियमित साधारण सभा सम्बन्धमा
२. आ।व २०८१/०८२ वार्षिक कार्यक्रम तथा बजेट बारे
३.२०८०/८१ लेखा परीक्षण प्रतिवेदन बारे
४.२०८१/०८२ को लेखा परीक्षकको नियुक्ति बारे
५. मिडिया मार्केटिङको एजेन्सी नियुक्ती बारे
६. पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे
७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे
८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे
९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे
१०. सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे
११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे
१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा
१३. एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा
१४. खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा
१५. निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे
१६. विविध ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया